शान्ति सुरक्षलाई थप ब्यवस्थित बनाउन दोभानमा नयाँ संरचनाको भबन बन्ने

0
708


ताप्लेजुङ,जेठ ३२ गते । समाजमा शान्ति सुरक्षको अवश्थालाई थप बलियो बनाउने उदेश्यका साथ ताप्लेजुङको दोभानमा इलाका प्रहरी कार्यालयको नयाँ भवन बन्ने भएको छ । वर्षै पहिलो बनेको जीर्ण भवन साँधुरो र जनसंख्याको आधारमा प्रयाप्त नभएपछि नयाँ कार्यालय बन्न लागेको हो । अढाई तलाको १४ कोठाको भवन २ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैंयाको बन्ने ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । सुविधा सम्पन्न बन्न लागेको भवनमा कार्यालय,ब्यारेक हल,हिरासत कक्ष सहितका संरचना हुने छन् । इलाका कार्यालय भएपनि हिरासत कक्ष नहुदा समस्या रहेको थियो । इलाका कार्यालय आठराई त्रिवेणी,मिरिङ्देन,मिक्वाखोला,मैवाखोला र फक्तmालुङ गाउँपालिकाको केन्द्रमा रहेको छ । यस अघि जिल्लाको सिरिजंघा गाउँपालिका तेल्लोकमा रहेको इलाका प्रहरी चौकीको नयाँ भवन निर्माण भइसकेको छ । ताप्लेजुङको प्रदेश ख भौगोलिक बनावट,सामाजिक,साँस्कृतिक र रीतिरिवाजका कारणले पनि सुरक्षकको स्थितिले संवेदनशील मानिन्दै आएको छ । सुविधा सम्पन्न भवन निर्माणले थप शान्ति सुरक्षा मजबुद हुने विश्वास स्थानियको छ । शुक्रबार भवनको प्रदेश नं १ का प्रहरी प्रमुख,प्रहरी नयाव महानिरिक्षक (डिआईजी) केदार रिजालले शिलान्यास गर्नु भएको हो । शिलान्यास कार्यक्रममा डिआइजी रिजालले प्रहरीलाई बर्दी सहितको नागरिक र नागरिक बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमनचयन काय राख्न नागरिक समाजसंग आग्रह गर्नु भयो । कार्यक्रम आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौला, मिरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेश बहादुर लिम्बु, ताप्लेजुङका प्रहरी नायव उपरिक्षक संञ्जयसिंह थापा लगायत नगरिक समाजका अगुवा लगायतको उपस्थिति रहेको थियो । एक वर्षमा निर्माण सम्पन्न गर्नु पर्ने भवनको संरचनाका लागि सेवालुङ निर्माण कम्पनी प्रालिले जिम्मेवारी पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here