विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र इंग्ल्यान्ड भिड्दै

0
124

३१ जेठ । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा हुनेछन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी पछारिएको थियो । पाकिस्तानसँग १४ रनले पराजित भएको इंग्ल्यान्ड तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भयो ।यता, वेष्ट इन्डिजले भने आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो । खेल चलिरहेकै बेला पानी परेपछि वेष्ट इन्डिजले दक्षिण अफ्रिकासँग अंक बाँड्न बाध्य बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here