स्यानेटरी प्याडको अर्थशास्त्र

अहिले “स्यानेटरी प्याड”को यस्तो गरी विज्ञापन भईरहेछ, मानौं ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ ।

0
171

अहिले “स्यानेटरी प्याड”को यस्तो गरी विज्ञापन भईरहेछ, मानौं ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । “प्याड” नभएर छात्राहरू स्कूल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नि १ प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ । म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतिको आमाको सुतीको धोती० पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिईन् । त्यो बेलामा स्यानेटरी प्याडको चलन थिएन । महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोईन्थ्यो । कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन ।
तर अहिले त गाउँगाउँमा पनि मानौ स्यानेटरी ‘प्याड’ प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कूल स्कूलमा “स्यानेटरी प्याड खसाउने बाकस”भनेर ठूलो अक्षरमा समाचार आउँछ ।
प्याडको अर्थशास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर एक सय रुपैंया प¥यो भने ‘एक’ महिनामा प्रजनन् उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे भने महिनामा ५ लाख ×१०० झण्डै ५० करोड अर्थात् वर्षभरीमा झण्डै ६ अरबको प्याड प्रयोग हुन्छ । कसैले त दुईवटा प्रयोग गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले लगाउने प्याडको त मैले हिसाब गरेकी छैन ।
नेपालमा सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहहरूलाई दिएको र्भ वर्षमा कति पैसा बच्थ्योे होला रु घरेलु प्याड बनाउन, प्रयोग गर्न पनि एकदम सजिलो छ । घरायसी प्याडले महिनावारी व्यवस्थापन हुन्छ भनेर कल्ले बोल्ला . ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here