ताप्लेजुङ,जेठ २९ गते । ताप्लेजुङको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन हुनु सकारात्मक भएको जिल्लावासी बताएका छन् । जिल्लामा धेरै सम्भावना बोकेका धार्मिक तथा पर्ययटकीय क्षेत्रहरुको उचित ब्यवस्थापन तथा प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको थियो ।
सरकारले ढिलौ भएपनि पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोज हुनु सकारात्मक भएको स्थानियले बताएका हुन। सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा ताप्लेजुङमा अवस्थित ११ महत्वपूर्ण पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सरकारले साढे चार करोड बढि रकम विनियोजन गरेको छ ।
तत्कालिन संस्कति पर्यटन तथा नागरिक उड्यान मन्त्रि रविन्द्र अधिकारीको स्मृती पार्क निर्माण देखि पर्यटकीय क्षेत्रका विकासका लागि चार करोड ६० लाख बजेट विनियोजन गरेको हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रको लेलेप,घुन्सा र गोला आधा शिविरका लागि ८० लाख, पाथीभरा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमका लागि ८० लाख, सिदिङवा गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय स्थल तिम्बुङ पोखरीका लागि ५० लाख,मिक्वा खोला गाउँपालिकामा रहेको फुङफुङे झरनाका लागि ५० लाख रकम विनियोज गरेको हो ।
यता गँरासको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजलेक्षेत्रको विकासको लागि ५० लाख,सिद्धिडाढा पर्यटन पूर्वाधार निर्माण फुङलिङ नगरपालिकाका लागि २० लाख, सिनाम क्षेत्र पर्यट्न पुर्वाधार विकास सिरिजंघा गाँउपालिका २५ लाख,सहिद स्मृती पार्क फुङलिङ नगरपालिका १० लाख,रविन्द्र स्मृती पार्क फुङलिङ नगरपालिका पाथिभरा क्षेत्र ५० लाख,गुँरासेपोखरी संरक्षण पर्यटन पूर्वाधार विकास मिरिङदेन ,गाँउपालिका १० लाख,डिपिआर तयार अनुसार कञ्चनजंघा क्षेत्रमा पदमार्ग निर्माण गर्न ४५ लाख,ग्रेट हिमालयन ट्रेल कार्यक्रम र पाथिभरालाई आवश्यक बजेटको व्यवस्था गर्नेगरि बजेट विनियोजन भएको हो । पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजनले ओझेलमा रहेको पर्यटकीय क्षेत्रमा टेवा पुगेको स्थानियले बताएका छन् ।
यस्तै जिल्लाको एक नगरपालिकार ८ गाउँपालिकाका लागि २ अर्ब १४ करोड ११ लाख बजेट छुट्याएको छ । सबै भन्दा बढि फुङलिङ नगरपालिकामा ३५ करोड ९१ लाख र सबै भन्दा कम मिक्वाखोला गाउँपालिकामा १६ करोड २३ लाख बजेट विनियोन गरिएको छ ।
ताप्लेजुङको ११ पर्यटकीय क्षेत्र विकासका लागि बजेट
ताप्लेजुङको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन हुनु सकारात्मक भएको जिल्लावासी बताएका छन् ।