जेठ २७, विराटनगर र प्रदेश १ का विभिन्न पाँचवटा मध्ये एक ठाउँमा नमुना आवासीय विद्यालय सञ्चालन गर्न उपयुक्त हुने सुझाव सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको नमुना आवासीय विद्यालय सम्भाव्यता अध्ययन कार्यदलले धनकुटा, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ठाउँमा नमुना आवसीय विद्यालय बनाउन सकिने सुझाव दिएको हो । कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै विशेष क्षेत्रका लागि नमुना विद्यालय सञ्चालन गर्न सुझाव दिएको छ ।
जेठ २७, विराटनगर र प्रदेश १ का विभिन्न पाँचवटा मध्ये एक ठाउँमा नमुना आवासीय विद्यालय सञ्चालन गर्न उपयुक्त हुने सुझाव सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले गठन गरेको नमुना आवासीय विद्यालय सम्भाव्यता अध्ययन कार्यदलले धनकुटा, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ठाउँमा नमुना आवसीय विद्यालय बनाउन सकिने सुझाव दिएको हो । कार्यदलले सोमबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई प्रतिवेदन बुझाउँदै विशेष क्षेत्रका लागि नमुना विद्यालय सञ्चालन गर्न सुझाव दिएको छ । कार्यदलले बहिरा, बौद्धिक अपाङ्ता, दृष्टिविहिन तथा शारीरिक अपाङ्ता भएकाहरुका लागि विशेष आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । साथै विभिन्न धार्मिक विद्यालयको संरक्षण र सम्र्बद्धन गर्नुपर्ने सुझाव कार्यदलले दिएको छ । प्रतिवेदनमा धनकुटाको राजारानी, मोरङको केराबारी, पाँचथरको मिक्लाजुङको रवि र कन्याटार तथा सहिद स्मृति माध्यमिक विद्यालय रहेको सुनसरीको तरहरा मध्ये एक ठाउँमा नमुना आवासीय विद्यालय सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिइएको कार्यदलका सदस्य सचिव एवं मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख दिव्यराज कट्टेलले जानकारी दिए । प्रतिवेदन बmुझ्दै मन्त्री घिमिरेले कार्यदलले तयार पारेको प्रतिवेदनले नमुना आवासीय विद्यालयका लागि नीति निमार्ण र योजना बनाउन सजिलो हुने बताए । उनले कार्यदलको सुझाव र प्रतिवेदनका आधारमा मन्त्रालयले योजना निमार्ण गर्ने मार्गदर्शन पाएकाले चाँडै योजना निमार्णमा लाग्ने बताए । डिल्लीराम शर्मा अधिकारीको संजोजकत्वमा गठित १२ सदस्यीय कार्यदलले विभिन्न १७ प्रकृतिका विद्यालयको अवलोकन र अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।