कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन

सत्तारुढ दलकै केही सांसदहरुको असहमति बीच प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले स्थानिय तहका लागि खुलाएको विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ ।

0
233

ताप्लेजुङ । सत्तारुढ दलकै केही सांसदहरुको असहमति बीच प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले स्थानिय तहका लागि खुलाएको विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । समितिको आज बिहान बसेको बैठकले संविधान र कानुन विपरीत विज्ञापन खुलाएको ठहर गर्दै लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । समितिले स्थानिय तहमा तत्काल ओएनम सर्वेक्षण गर्न र आवश्यक परे स्थानिय तहलाई नै स्थायि पदपुर्ती नहुँदा सम्म करारमा कर्मचारी भर्ना गर्ने व्यवस्था मिलाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले दिएको निर्देशन गलत भएको नेकपाकै सांसदहरु विजय सुब्बम र झपट रावलले असहमति जनाएका छन् । अन्य समितिका सांसदहरुले भने सरकारले संघियतालाई नै मास्ने गरी षड्यँनत्रपुर्वक भर्ना खुलाएको आरोप लगाएका छन् । संघीयतालाई धुलीसात बनाउने र संविधानले व्यवस्था गरेको आरक्षण पनि हटाउन सहमति जनाएर सरकारले कस्को डिजाईनमा के गरीरहेको छ भनेर सत्तारुढ सांसदहरुले प्रश्न उठाएका थिए । यसअघि तीन पटकसम्म बैठकमा उपस्थित नभएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित आजको बैठकमा आएर जवाफ दिएका थिए ।
तर उनको जवाफप्रति समितिले चित्त बुझाउन नसकेपछि कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
समितिमा मन्त्री पण्डितले लोकसेवा आयोगले माग गरेको विज्ञापन संविधानसम्मत भएको भन्दै बचाउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here