तुम्बेवा गाउँपालिकामा विजुली बत्ती बलेपछि स्थानिय हर्षित

नेपाल विद्युत प्राधिकरणले जिल्लाको कुम्मायक गाउँपालिकाको यासोकबाट राष्ट्रिय प्रसारण लाइन विस्तार गरेर तुम्बेवामा विजुली बत्ती बालेको हो ।

0
45


नेपाल विद्युत प्राधिकरणले जिल्लाको कुम्मायक गाउँपालिकाको यासोकबाट राष्ट्रिय प्रसारण लाइन विस्तार गरेर तुम्बेवामा विजुली बत्ती बालेको हो ।

उक्त क्षेत्रमा विद्युतीकरणका लागि विद्युत प्राधिकरण इलामले वि.स.२०६५ सालदेखि नै काम थालेको थियो। तर विद्युतीकरणको काम अपेक्षित ढंगले नभएपछि पाँचथरको फिदिममै शाखा स्थापना गरेर विद्युतीकरणको कामलाई तीब्रता दिइएको थियो । बत्ती बलेपछि भने गाउँपालिका अध्यक्ष होमनाथ थापाले तुम्बेवावासीको वर्षौंदेखिको बत्ती बाल्ने सपना पूरा भएको र स्थानियवासीमा खुशियाली छाएको बताउनुभयो ।

पहिलो चरणमा विद्युतिकरण तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजार क्षेत्रमा मात्रै गरिएको छ । अविनम निर्माण सेवा कम्पनी लिमिटेडले प्रसारण लाइनको काम गर्दै आएको छ । चालु आर्थिक वर्षको असारसम्ममा तुम्बेवा गाउँपालिका १ आङनाको लुमाङदिङ–ढुकुरे हुँदै डिही गाउँसम्मै विद्युतीकरणको काम हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युतीकरण नगर्ने क्षेत्रमा भने जोरसल्ले ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here