ताप्लेजुङमा फुटवलको ग्रासरुट कार्यक्रम सुरु

पढाई संगै फुटवल खेलमा समेत विद्यार्थीलाई आर्कषित गर्ने उदेश्यका साथ ताप्लेजुङमा ग्रासरुट कार्यक्रम सुरुभएको छ ।

0
622

ताप्लेजुङ,जेष्ठ २६ । पढाई संगै फुटवल खेलमा समेत विद्यार्थीलाई आर्कषित गर्ने उदेश्यका साथ ताप्लेजुङमा ग्रासरुट कार्यक्रम सुरुभएको छ । ८ वर्ष देखि १२ वर्ष सम्मका करिव ६ सय विद्यार्थीको सहभागितामा आइतबार देखि भानु जन माविको खेल मैदानमा कार्यक्रम सुरुभएको हो । अखिल नेपाल फुटवल संघ (एन्फा) को सहयोग तथा ताप्लेजुङ् जिल्ला फुटवल संघको आयोजनामा फुङलिङ नगरपालिका आसापासका विद्याथी सहभागी रहेको ताप्लेजुङ जिल्ला फुटवल संघका महासचिव विश्व नाल्वोले जानकारी दिनुभयो । आगामी दिनमा फुटवलको राम्रो खेलाडी उत्पादन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको फुटवल संघका जिल्ला अध्यक्ष बाल कुमार साँवाले बतानुभयो । यसरी सुरु गरिएको ग्रासरुट कार्यक्रम हरेक महिना शनिवारका दिन पारेर एक पटक सञ्चालन गरिने साँवाको भनाई छ । महासचिव नाल्वोले यस्तो खालको कार्यक्रमलाई जिल्ला सदरमुकाममा मात्र केन्द्रित नगरि गाउँपालिकाहरु सँग पनि समन्वय गरेर सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । कार्यक्रम सञ्चालनका लागि अखिल नेपाल फुटवल संघ (एन्फा) ले १ लाख वरावरको प्राविधिक सहयोग गरेको र अन्य खर्च दाताहरु सँग आर्थिक सहयोग मागेर सञ्चालन गरिएको फुटवल संघ जनाएको छ । कार्यक्रमको उद्घाटन संघीय सांसद् तथा नेकपाका स्थायी कमिटि सदस्य योगेश भट्टराईले गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here